
काठमाण्डु, ३० असोज– भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको भाउ बढाएर मूल्यसूची पठाएको छ ।
आइओसीले मूल्य बढाएर पठाएको निगमले जनाएको छ ।
नयाँ मूल्यसूची अुनसार पेट्रोलमा १.७४ रूपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० प्रति लिटर र हवाइ इन्धनमा १०.२५ रूपैयाँ प्रतिलिटर बढेर आएको छ ।
योसँगै निगमलाई डिजेलमा ६.३४ रूपैयाँ प्रतिलिटर घाटा हुने बताएको छ । यस्तै खाना पकाउने एलपी ग्यासमा ३२५.४४ रूपैयाँ प्रतिसिलिन्डर घाटा छ । पेट्रोल, हवाइ इन्धन र मट्टितेलमा भने अझै केही नाफा छ ।
योपछि पनि निगमलाई आगामी १५ दिनमा करिब ३९ करोड रूपैयाँ नाफा हुने प्रक्षेपण गरिएको निमगद्वारा जारी विज्ञप्तिमा भनिएको छ । तर, निगमले भने हाललाई नेपाली बजारमा पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत राख्ने भएको छ ।