
काठमाण्डु,२८ असोज– आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला ९४ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार ९४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुन बिहीबारको तुलनामा प्रतितोलामा एक सय रूपैयाँले घटेको छ । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँले घटेको छ। बिहीबार एक हजार एक सय ९० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार एक सय ८५ रूपैयाँमा कारोबार भएको छ।