
काठमाण्डु, २५ असोज–साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
मंगलबार बजार परिसूचक नेप्से १६.०६ अंकले घटेर १८५५. १६ अंकमा बन्द भएको छ । दशैं बिदापछि पहिलोपटक खुलेको नेप्सेमा आइतबार ४४ अंकको वृद्धि भएको थियो । तर, सोमबार बजारमा २७ अंकको गिरावट भएको थियो । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.२१ अंकले तल झरेको छ ।
मंगलबार व्यापार, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसूचकमा सामान्य वृद्धि भए पनि अधिकांशको परिसूचक ओरालो लागेको छ । कारोबार रकम पनि घटेर ५५ करोडमा सीमित भएको छ । बजारमा सोमबार ९७ करोड बराबरको कारोबार भएको थियो ।
मंगलबार बजार झरेसँगै ५५ करोड २८ लाख १० हजारको मात्रै कारोबार भएको छ । नबिल बैंक लिमिटेडको सर्वाधिक ३ करोड १० लाख ९ हजारको कारोबार भयो ।