
काठमाण्डु, १७ असोज– माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिक सूचीबाट हटेको छ ।
माओवादीले अन्तिम समयमा आएर महराको नाम बन्द सूचीबाट हटाएको हो । आयोगमा आइतबार समानुपातिक सूचीलाई अन्तिम रुप दिइएको थियो । माओवादी स्रोतका अनुसार महराको अन्तिम बन्द सूचीमा नाम छैन ।
यसअघि महराको नाम समानुपातिकको पहिलो नम्बरमा थियो । स्रोतका अनुसार महराले आफ्नो नाम हटाउने भएपछि कान्छी छोरी प्रगतिलाई लुम्बिनी प्रदेशको समानुपातिकमा राख्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका थिए ।
माओवादी सांस्कृतिक मोर्चामा कार्यरत प्रगतिको नाम समानुपातिकका लागि उपत्यका विशेष प्रदेश कमिटी र लुम्बिनी प्रदेश दुवैतिरबाट सिफारिस भएको थियो ।
०४८ सालदेखि पटकपटक सांसद र मन्त्री भएका महराको नाम समानुपातिकको बन्द सूचीमा राखिएको भन्दै विरोध भएको थियो । महरा यसअघि ०७४ मा दाङ–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
यसपटक पनि उनले दाङ–२ र रोल्पाबाट आफ्नो नाम सिफारिस गर्न लगाएका थिए । तर, अन्तिम समयमा आएर चुनाव नलड्ने घोषणा उनले गरे ।