पचरौता नगरपालिकाका कर्मचारीहरुले ६ महिनादेखि तलब पाएनन्

काठमाण्डु टुडे २०७९ असोज १४ गते १४:५१ मा प्रकाशित

बारा,१४ असोज–बाराको पचरौता नगरपालिकाका शिक्षक तथा कर्मचारीहरुले ६ महिनादेखि तलब पाएका छैनन् । नगरपालिकाको नगरसभा बैठक बस्न नसकेकाले तलब दिन नसकेको सूचना अधिकारी गौरी साहले बताएका छन ।

नगरपालिकाको विषयमा विभिन्न मुद्दा परेकोले नगरसभा बस्न सकेको छैन । नगरसभा बैठक बस्न नसकेकाले शिक्षकहरुको तलब बाँड्न नसकेको उनले बताए । मुद्दाको पेशी यही २५ गते सर्वोच्चमा रहेको र उक्त मुद्दाको सुनुवाईपछि मात्रै काम हुने साहले बताएका छन ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us