जसले दुई साताअघि ओलीको हातको टीका लगाए, दुई सातापछि प्रचण्डको !

काठमाण्डु टुडे २०७९ असोज १३ गते १८:१६ मा प्रकाशित

चितवन, १३ असोज– माओवादी केन्द्र चितवनका दुई नेता एमाले प्रवेश गरेको दुई सातामै माओवादी फर्किएका छन् ।

माडी नगरपालिका–७ का गिरिधारी सुवेदी र सुरेश थापा माओवादीमै फर्किएका हुन् । उनीहरुलाई बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिवनगरस्थित निवासमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरे । सुवेदी माओवादी मागमत प्रदेश सदस्य थिए ।

माओवादी जिल्ला सह–इन्चार्ज यमबहादुर परियार र पूर्वलडाकु अञ्जानकुमार तिमल्सिनासँगै उनीहरु गत ३० भदौमा एमाले प्रवेश गरेका थिए ।

उनीहरुलाई ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमाले अध्यक्ष केपी ओलीले टिका लगाएर स्वागत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us