दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक

काठमाण्डु टुडे २०७९ असोज ३ गते ७:४० मा प्रकाशित

काठमाण्डु, ३ असोज– आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि करिव दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक पर्ने आयोगले जनाएको छ । यो सङ्ख्या गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा करिब ५० हजारले बढी हो ।

सरकारले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक कर्मचारी पूर्ति गर्न कुनै समस्या नभएको जनाएको छ । मन्त्रालयका सहसचिव रघुराम विष्टले आयोगलाई आवश्यक कर्मचारी आयोगले माग गर्नेबित्तिकै पठाउन सकिने बताए ।

उनका अनुसार जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगलाई आवश्यक पर्ने कर्मचारीको नाम आयोग पठाइने र सो सङ्ख्याबाट पनि अपुग भएमा थप जत्ति आवश्यक हुन्छ ती कर्मचारी सरकारले आयोगलाई उपलब्ध गराउने छ । गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us