
काठमाण्डु, २ असोज– संविधान उल्लंघन हुने गरी प्रतिनिधिसभा विघटन सिफारिस गरेको आरोप लागेका एमाले अध्यक्ष केपी ओलीले संविधान जारी भएको दिनलाई जनताको दिवसका रुपमा मनाउन आग्रह गरेका छन् ।
उनले संविधान जारी भएका बेलाजस्तै राष्ट्रिय एकताको सन्देश दिन पनि सबैलाई अपिल गरे । एमालेले शनिबार राजधानीमा आयोजना गरेको पदयात्रा (वाकाथन) मा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
संविधानसभाले २०७२ असोज ३ गते संविधान जारी गरेको थियो । सोही आधारमा असोज ३ गते संविधान दिवस मनाइँदै आएको छ । एमालेले संविधान दिवसका अवसरमा पदयात्रा गरी चार सन्देश दिन खोजेको छ ।
पदयात्रामार्फत एमालेले संविधान दिवस जनताको हुनुपर्ने, राष्ट्रियताका पक्षमा एकताबद्ध भएर उभिनुपर्ने, संविधानको रक्षा तथा कार्यान्वयन र फेरि एमाले नेतृत्वको सरकार गरी चार सन्देश दिएको छ । नागरिक दैनिकबाट