सुकीविरुद्ध १ सय ९० वर्ष जेल सजाय

काठमाण्डु टुडे २०७९ साउन ३१ गते ६:५८ मा प्रकाशित

एजेन्सी– सैनिक शासन समर्थित म्यानमारको एक अदालतले प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई थप ६ वर्ष जेल सजाय तोकेको छ ।

भ्रष्टाचारका चार मुद्दामा दोषी ठहर गर्दै उनीविरुद्ध ६ वर्षको जेल सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

७७ वर्षीय सुकीविरुद्ध भ्रष्टाचार तथा चुनावमा धाँधली, स्वास्थ्य र शिक्षा प्रवर्द्धन गर्ने संस्था डाउ खिन की फाउन्डेसन कोषको दुरुपयोग तथा सरकारी स्वामित्वको जग्गा सहुलियत दरमा भाडामा दिएकोसहित १८ अभियोगमा करिब १ सय ९० वर्षको जेल सजाय तोकिएको छ ।

सुकीले भने आफूमाथिका सबै आरोप अस्वीकार गर्र्दै आएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us