जनावरको आक्रमणबाट दुई जनाको मृत्यु भएपछि आफन्त र छिमेकीले गरे राजमार्ग अवरूद्ध

काठमाण्डु टुडे २०७९ साउन ३० गते १२:५८ मा प्रकाशित

काठमाण्डु ३० साउन जंगली जनावरको आक्रमणबाट स्थानीय दुई जनाको मृत्यु भएपछि सुर्खेत भेरीगंगा–५ का स्थानीयले नेपालगञ्ज–सुर्खेत जोड्ने रत्न राजमार्ग अवरूद्ध गरेका छन्।

आइतबार बेलुका भेरीगंगा–५ गेरवानीका रामबहादुर चन्द र कवी ओलीको जनावरले आक्रमण गरेको अवस्थामा शव फेला परेको थियो।

आइतबार बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका उनीहरू मृत फेला परेका थिए

।मृतकका आफन्त र छिमेकीले स्थानीयले मानवीय क्षति पुर्याषउन जंगली जनावरलाई नियन्त्रणमा लिनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने तथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्ने माग राख्दै सोमबार बिहान ११ बजेदेखि सडक अवरूद्ध गरिरहेका छन्।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us