मापसे गर्ने स्कुल बसका ६ चालक पक्राउ

काठमाण्डु टुडे २०७९ साउन २९ गते १६:२३ मा प्रकाशित

काठमाण्डु, २९ साउन– काठमाण्डुमा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ६ चालक कारबाहीमा परेका छन् ।

काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय रामसाहपथका अनुसार आइतबार गरिएको चेकजाँचका क्रममा ६ स्कुल बस चालकले मापसे गरेको पाइएको हो ।

चेकिङका क्रममा १४ चालक कारबाहीमा परेकामा ६ जनाले मापसे गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । कार्यालयले गत ८ साउनदेखि मापसे गरेर स्कुल बस चलाउने चालकमाथि कारबाही थालेको हा ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us