काँग्रेसले राजनीतिलाई दुश्मनीपूर्ण बनायोः ओली

काठमाण्डु टुडे २०७९ साउन २८ गते १८:२८ मा प्रकाशित

काठमाण्डु, २८ साउन– एमाले अध्यक्ष केपी ओलीले कांग्रेसले मुलुकको प्रतिस्पर्धी राजनीतिलाई दुश्मनीको राजनीतिमा लगेको आरोप लगाएका छन् ।

लोकतान्त्रिक शेर्पा संघको कार्यक्रममा शनिबार उनले काँग्रेसले सत्रुताको राजनीति गरेको बताए । लोकतन्त्रमा सत्रुता नहुने भए पनि गठबन्धनले राजनीतिलाई सत्रुतामा लगेको आरोप लगाए ।

‘गठबन्धनका दलहरु प्रतिस्पर्धा गर्न आँट गरिरहेका छैनन’, उनले भने, ‘सत्रुता गर्न खोजिरहेका छन् ।’
विगतमा जातीय, क्षेत्रीय, राजनीतिको एजेण्डा बोक्नेहरु अहिले राजनीतिमा दुश्मनी भित्र्याउन सक्रिय रहेको उनको टिप्पणी थियो ।

एमालेसँग एक्लै लड्न नसकेर गठबन्धन निर्माण गरिएको ओलीले बताए । ओलीले काँग्रेस लौरोको सहारामा पनि उभिन नसकेको आरोप लगाए । ‘लोकतन्त्रलाई कांग्रेसले गलत दिशामा लैजान खोजिरहेको छ । प्रतिस्पर्धातिर होइन’, उनले भने, ‘दुष्मनीतर्फ लडाइँ झगडातर्फ लैजान खोजेको छ । जुन देशका लागि दुर्भाग्यपूर्ण हुन्छ ।’

देशभित्र दुश्मनी भए बाह्य शक्तिले फाइदा लिने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us