कोरोना संक्रमण घट्न थाल्यो 

काठमाण्डु टुडे २०७९ साउन २८ गते १५:५५ मा प्रकाशित
काठमाण्डु, २८ साउन– नेपालमा कोरोना संक्रमण क्रमशः मत्थर हुन थालेको छ ।
गत साता उच्च वृद्धि भएको संक्रमण दर केदी दिनयता घट्दो क्रममा छ ।  पछिल्लो २४ घण्टामा २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार १ सय ६५ मा गरिएको परीक्षणमा २ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो  मन्त्रालयले सोही अवधिमा ५ सय १ जना संक्रमणमुक्त भएको जनाएको छ ।
यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us