भारतीय पानी जहाज अरब सागरमा पल्टियो, पाकिस्तानी नौ सेनाद्वारा उद्धार

काठमाण्डु टुडे २०७९ साउन २७ गते ९:२३ मा प्रकाशित

एजेन्सी– अरब सागरमा भारतीय पानी जहाज दुर्घटना भएको छ ।

भारतीय जहाज ‘जमना सागर’ बलुचिस्तान प्रान्तको तटीय सहर ग्वादर नजिकै पल्टिएको समाचार संस्था जियो न्यूजले जनाएको छ ।

समुन्द्रमा डुबेको जहाजलाई पाकिस्तान नौ सेनाले बिहीबार उद्धार गरेको थियो । जहाजमा चालक दलका १० सदस्य रहेको बताइएको छ । नौ सेनाको जनसम्पर्क निर्देशनालयले विज्ञप्तिमार्फत जहाज पल्टिने बित्तिकै उद्धार गरिएको जनाएको छ । डुबेको जहाजबाट एक जनाको शव निकालिएको छ ।

जहाज पल्टिएको जानकारी पाए लगत्तै पाकिस्तान समुद्री सूचना केन्द्रले नजिकैको व्यापारी जहाज एमटी क्रुइबेकेुलाई भारतीय जहाजका चालक दलका सदस्यलाई उद्धारका लागि भनेको विज्ञप्तिमा उल्लेख छ । पाकिस्तानी नौसेना जहाजसँगै दुई हेलिकप्टरसहितको टोली उद्धारमा खटिएको थियो । चालक दलका नौ सदस्यलाई जिवितै उद्धार गरिएको विज्ञप्तिमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us