बाढीले डुबायो काँडाघारी प्रहरी कार्यालय

काठमाण्डु टुडे २०७९ साउन २५ गते ७:३४ मा प्रकाशित

काठमाण्डु, २५ साउन– गएरातिको अबिरल वर्षासँगै आएको बाढीले काठमाण्डुको काँडाघारीस्थित प्रहरी कार्यालय डुबेको छ ।

बाढीले प्रहरी प्रभाग काँडाघारीको कार्यालय भवनको एकतलाको सबै भाग डुबानमा परेको हो । बाढीका कारण प्रहरी कार्यालयमा भएको खाद्यान्न, फर्निचर, लत्ताकपडा, भान्साका सामान बगाएको छ । यस्तै कार्यालयसँगै पार्किङमा राखिएका तीन मोटरसाइकल पनि बाढीले बगाएर लगेको छ ।

प्रहरीद्वारा जारी विज्ञप्तिमा कार्यालयको कम्प्युटर, इन्टरनेट र सञ्चार उपकरणको बेस सेटले काम नगर्नुका साथै टेलिफोनसमेत अवरुद्ध भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डु उपत्यकामा गएराति देखि बिहान ६ बजेसम्म ७५.१ मिलिमिटर पानी परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us