हिरासतबाट फरार करणी मुद्दाका अभियुक्त पक्राउ

काठमाण्डु टुडे २०७९ साउन २३ गते १६:२४ मा प्रकाशित

काठमाण्डु, २३ साउन–  प्रहरी हिरासतबाट फरार रहेका करणी मुद्दाका अभियुक्त पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मोतीपुर बर्दियालका अनुसार पक्राउ गरी अनुसन्धानका शिलसिलामा हिरासतमा राखिएका करणी मुद्दाका अभियुक्त खजुरा गाउँपालिका ८ बस्‍ने २६ वर्षीय अब्दुल खाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

खाँलाई बढैयाताल गाउँपालिका(२ स्थित नेपाल भारतको सीमा नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी सूर्यप्रकाश सुवेदीले बताए ।

पक्राउ परेका उनीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us