इजरायल र प्यालेस्टाइन विद्रोही समूहबीच युद्धविराम घोषणा

काठमाण्डु टुडे २०७९ साउन २३ गते १३:०० मा प्रकाशित

काठमाण्डु, २३ साउन–  इजरायल र प्यालेस्टाइन विद्रोही समूहबीच युद्धविराम भएको छ । इजिप्टको मध्यस्थतामा दुबै पक्षबीच गएरातिदेखि युद्ध विराम भएको बीबीसीले जनाएको छ ।

बीबीसी को अनुसार इजरायलका प्रधानमन्त्री याइर लापिड र प्यालेस्टाइन इस्लामिक जिहादका लडाकु दुबैले युद्ध विराम गरेको बताइएको छइजरायल र प्यालेस्टाइन विद्रोह तीन दिनसम्म चलेको थियो ।

उक्त विद्रोही हिंसामा परी १५ बालबालिकासहित ४४ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले यसलाई सन् २०२१ मा ११ दिनसम्म चलेको लडाईंपछिकै ठूलो हिंसा भएको बताएको छ ।

गत सोमबार इस्लामिक जिहादका प्रमुख बसिम सादीलाई जेनिन क्षेत्रबाट इजरायलले पक्राउ गरेपछि तनाव सुरु भएको हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us