प्रहरीको जुत्तामा ६ करोड घोटाला

काठमाण्डु टुडे २०७९ साउन १८ गते ७:३४ मा प्रकाशित

काठमाण्डु, १८ साउन– नेपाल प्रहरीले डिएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर मूल्य तिरेको पाइएको छ ।

कर्नवाल बिजनेस ट्रेडर्सको नाममा मोर्डन सुज लिमिटेडबाट उत्पादित फाइटर सुज किन्दा दोब्बर मूल्य परेको हो । व्यापारी केशर प्रधानको कर्नवाल बिजनेस ट्रेडर्स कम्पनीले २ हजार ६ सय ५० मूल्यमा टेण्डर पारेको थियो । सोही अनुसार उनको कम्पनीले जिल्ला प्रहरी कार्यालयमा पठाएको डिएसएम बुट गुणस्तरहीन परेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काठमाण्डुबाट ती बुट खरिद गरेर जिल्ला जिल्लामा पठाइएको थियो । १३ करोड ५० लाख रुपैयाँबराबरको डिएसएम बुट खरिद गर्दा करिब आधा रकम घोटाला भएको अनुमान गरिएको छ । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us