एजेन्सी– फिलिपिन्समा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ ।
राजधानी मनिलाबाट ३ सय ३६ किलोमिटर दक्षिणपूर्वी क्षेत्र डेलोरेस नजिकै केन्द्रबिन्दु भएर भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
१० किलोमिटर गहिराइको भुकम्पको धक्का मनिलासम्म महसुस गरिएको थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पबाट भएको भौतिक र मानवीय क्षतिको विवरण आउन बाँकी छ ।
सरकारले भूकम्पपछि सुनामी आउन सक्ने खतरा औंल्याउँदै सतर्कता अपनाउन जनतालाई अपिल गरेको छ ।