मोटरसाइकललाई ५ लिटर, कारलाई २० लिटर तेल

काठमाण्डु टुडे २०७९ असार २० गते १८:०० मा प्रकाशित

काठमाण्डु, २० असार– सरकारले दुई पाँग्रे सवारीलाई एकपटकमा ५ लिटर र चार पांग्रे साना सवारीलाई २० लिटर मात्र इनधन दिने भएको छ ।
इन्धनको मूल्य लतागार बढेको भन्दै खपत कम गराउन त्यस्तो गर्न लागिएको नेपाल आयल निगमले जनाएको छ । एकपटकमा मोटरसाइकललाई ५ लिटर, तथा कार र जीपलाई २० लिटर मात्र तेल दिन आयल निगमले सरकारलाई सिफारिस गरेको छ ।

निगम प्रवक्ता विनितमणि उपाध्ययले इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र प्रभावित हुने भएकाले त्यस्तो उपाय सुझाइएको बताए । निगम सञ्चालक समिति बैठकले सरकारलाई इन्धनको प्रयोग घटाउन विभिन्न १० उपाय सुझाएको छ । जसमध्ये एउटामा कम इन्धन दिने पनि हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us