भित्रभित्रै चलिरहेको छ ओली र प्रचण्ड मिलाउने खेल

काठमाण्डु टुडे २०७९ असार १६ गते ७:३७ मा प्रकाशित

kp oli-prachandaकाठमाण्डु, १६ असार– गठबन्धनका सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने भन्दै मनोवैज्ञानिक दबाब बढाइरहेका बेला काँग्रेसका नेताहरुले कम्तिमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न नेतृत्वलाई आग्रह गर्न थालेका छन् ।

काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै नेताहरुको माग र सत्ता सहयात्री दलको दाबीअनुसार सिटको तालमेल मिलाउन चुनौतीपूर्ण बनेको छ ।

माओवादी र एकीकृत समाजवादीका एउटा खेमा भित्रभित्रै वामपन्थी दलहरुबीच गठबन्धन गराउने कसरतले पनि देउवा दबाबमा परेका छन् । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us