
काठमाण्डू, १ जेठ– सगरमाथा आधार शिविरमा फिलिपिनी आरोहीको मृत्यु भएको छ । स्नो होराइजन ट्रेक्स एन्ड एक्सपिडिसनबाट परमिट लिएर आरोहणमा गएका फिलिप द्वितीय स्यान्टिएगोको बुधबार राति ७–८ बजेको बीचमा मृत्यु भएको कम्पनीले जानकारी गराएको पर्यटन विभागले जानकारी दिएको छ ।
उनी सकुशल चौथो शिविर पुगेका थिए । आराम गरेर बसेको अवस्थामा उनको मृत्यु भएको जानकारी आरोहण दलका सदस्यले आज जानकारी गराएका थिए । मृत शरीर आवश्यक प्रक्रिया पूरा गरी आधार शिविरमा ल्याउने काम भइरहेको समेत विभागले जानकारी दिएको छ ।