
काठमाण्डु, १४ असार– झट्ट हेर्दा समुद्रमाथि पुल बनेजस्तो देखिन्छ । डबर डेकर पुलमा दुई डेक (तला) मा चार लेनको हाइवे छ ।
तल्लो डेकमा रेलवेको एक लाइन छ । दक्षिण एसियाकै यो नमुना पुल भएर दैनिक २४ हजारभन्दा बढी सवारी साधन वारपार गर्छन्। तल रेल गुडेको देख्न सकिनेछ ।
यो दृश्य हो बंगलादेशको गंगाजमुना नदीमाथि बनेको पुलको । विश्वको ध्यान तानिरहेको यो भौतिक संरचना नेपाली इन्जिनियरसमेतको सहभागितामा निर्माण भएको हो । उनी हुन् डा. हेमनाथ घिमिरे । डा. घिमिरेसहित पुल निर्माणको कन्सल्टिङमा योगदान गरेका विज्ञहरूको २४ मुलुकका झन्डा पुलमा फहराइएको छ ।
पुल उद्घाटन कार्यक्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद भावुक देखिन्थिन् । हसिनाको मन्तव्य सुन्दै गर्दा इन्जिनियर डा. घिमिरे झनै भावुक भए । ऐतिहासिक पुलमाथि फहराइरहेको नेपाली झन्डामा नजर डुलाए । ‘त्यो बेला म निकै भावविह्वल भएँ । त्यो क्षणको व्याख्या गर्न शब्दको अभाव महसुस गर्छु’, डा. घिमिरेले । अन्नपूर्ण पोस्टबाट