तिलक कोइरालाले दशौँ दिनमा तोडे अनशन, माग सम्बोधन गर्ने बोर्डको प्रतिबद्धता

काठमाण्डु टुडे २०७९ असार १० गते १३:१३ मा प्रकाशित

काठमाण्डु, १० असार– पँुजी बजार विकास तथा सुधारको माग राख्दै गत असार १ बाट आमरण अनसनमा बसेका लागनीकर्ता तिलक कोइरालाले आज शुक्रबार अनसन तोडेका छन् ।

पुँजी बजार विकास तथा सुधारका लागि भन्दै अगाडि सारेका ११ बुँदै माग नेपाल धितोपत्र बोर्डले कार्यान्वयन गर्ने सहमति गरेपछि कोइरालाले विगत १० गतेदेखि जारी अनसन तोडेका हुन्।

बोर्ड अध्यक्ष रमेश हमालको हातबाट जुस खाएर उनले आमरण अनसन तोडे। आमरण अनसन तोडेपछि कोइरालाले पुँजी बजार सुधार र विकासका लागि गठन भएको संघर्ष समिति पनि विगठन भएको बताएका छन्।

सरकारले साढे ३ वर्ष अघि नै कार्यान्वयन गर्ने भनेका विषयहरु कार्यान्वयन नगर्दा अहिले पुँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँदे मागसहित लगानीकर्ता कोइराला आमरण अनसनमा बसेका थिए।

लगानीकर्ताको मागहरू सम्बोधन गर्न बोर्डले लगानीकर्ताहरुले भने बमोजिम नै कार्यान्वयन समिति गठन गर्ने सहमति गरेको हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us