आन्तरिक उडानको बन्द फिर्ता, मागबारे मध्याह्न पुनः वार्ता

काठमाण्डु टुडे २०७९ असार ८ गते ६:५७ मा प्रकाशित

काठमाण्डु, ८ असार– बुधबारदेखि आन्तरिक उडान बन्द हुने घोषणासँगै मंगलबार दिनभर तातेको उड्डयन क्षेत्र सहमतिमा अघि बढेको छ । सरकार र वायुसेवा सञ्चालक संघबीच मध्यरातमा भएको वार्तापछि आन्तरिक उडान नियमित हुने भएको प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयको पहलमा सरकार र संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापासहितको वायुसेवा सञ्चालकहरूको टोलीबीच मंगलबार राति वार्ता भएको थियो । मध्यरातमा वार्ता भएका कारण उडान बन्द नगर्ने बाहेक अन्य मागको विषयमा टुंगो नलागेको बताइएको छ । सरकारसँग बुधबार मध्याह्न पुनः वार्तामा बसी सबै विषय टुंगो लगाइने बताइएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका एकपक्षीय, स्वेच्छाचारी र अव्यावहारिक निर्णय भएको भन्दै संघले बुधबारदेखि अनिश्चितकालका लागि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो । अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us