डिसहोम फाइबरनेटद्वारा उदयपुरको गाइघाटमा सेवा विस्तार

काठमाण्डु टुडे २०७९ जेठ ३० गते १५:४३ मा प्रकाशित

काठमाण्डु, ३० जेठ–  डिसहोम फाइबरनेटले उदयपुरको गाइघाटमा सेवा विस्तार गरेको छ । डिसहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिसहोमले गाइघाटमा आफ्नो सेवा विस्तार गरेको हो ।

काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, बिराटनगर, नेपालगञ्ज, धनगढीमा, सुर्खेत, ब्रह्मदेव,आमडाँगी,लामाचौर,पावर हाउस,हरिवन सहित अन्य मुख्य स्थानमा डिसहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिसहोम फाइबरनेट हाल उदयपुरको गाइघाटमा सुरुवात भएको छ र छिटै नेपालका अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ ।

हाल उदयपुरको त्रियुगा नगरपालिकाको वडा न. ८, ९, १०, ११ र १२ मा पर्ने राजावास, खाट मन्दिर, गैरुण, रात्तमाटे, वोक्से, करमगाछी, शिवालय टोल, सँगम टोल, साकेला टोल, गाइघाट बजार, पुरानो-गाइघाट, सोनापुर र बसपार्क क्षेत्रहरुमा डिसहोमको फाइवरनेट उपलबध छ ।

अब आउँदै गरेका त्रियुगा नगरपालिकाको वडा न. ३, ४, ५, ६, ७ र ८ हुन । डिसहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिसहोमका ग्राहकहरुका लागी डिस टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरू, निःशुल्क डिसहोम गो एप र एक्सभिओडि जस्ता विभिन्न सुविधाहरू उपलब्ध छन् । फाइबरनेटका योजनाहरू १० एमबिपिएसदेखि ६०० एमबिपिएससम्म उपलब्ध छन् ।

डिसहोम फाईवरनेटले आफ्नो ग्राहकहरुका लागि अहिले मात्र ६९९ रुपैयाँ प्रती महिना पर्ने ५० एमबीपीयस र ८९९ रुपैयाँ प्रती महिना पर्ने १०० एमबीपीयस को इन्टरनेट सहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ ।

यो गजबको प्याकेज अफरमा फाइफ-जी, डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउनु हुनेछ ।

डिसहोम फाईवरनेट जडान गर्नको लागि सम्पर्क नम्बर ९८०१५४४००० वा नजिकैको डिलर दाई कहाँ सम्पर्क गर्न सक्नेछन् ।

आफ्ना ग्राहकहरूमाझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना डिटिएच प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० मा डिसहोमले सुरु गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us