थाइल्याण्डले हटायो गाँजामाथिको प्रतिबन्ध

काठमाण्डु टुडे २०७९ जेठ २६ गते १७:१४ मा प्रकाशित

एजेन्सी– थाइल्याण्डले लागुऔषध गाँजामाथिको प्रतिबन्ध हटाएको छ ।

गाँजामाथि प्रतिबन्ध हटाउने थाइल्याण्ड एसियाकै पहिलो मुलुक हो । गाँजालाई लागऔषधबाट हटाएर थाइल्याण्डले खेती र प्रयोगलाई खुला गरेको छ । यसअघि २०१८ मा त्यहाँ गाँजा औषधिका रुपमा प्रयोग गर्न अनुमति दिइएको थियो ।

गाँजामाथिको प्रतिबन्ध हटाएको सरकारले गाँजालाई नगदे बालीका रुपमा घोषणा गरेको छ । त्यसले मानव स्वास्थ्य र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास सरकारले लिएको छ ।

सरकारले घरका गमलामा पनि गाँजा खेती गर्न नागरिकलाई अपिल गरेको छ । यसैबीच गाँजामाथिको प्रतिबन्ध हटेसँगै कारोबार र सेवन गरेको आरोपमा जेल परेका ४ हजार बढी कैदी रिहा हुने भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us