बधाई धेरै खाए, मन्त्री हुन पाएनन्

काठमाण्डु टुडे २०७९ जेठ २४ गते ७:२५ मा प्रकाशित

काठमाण्डु, २४ जेठ–  सोमबार मन्त्री पदका लागि शपथ खान ठिकठाक भएर बसेका मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, हिरा केसीलगायतका नेताहरू शपथ खान नपाएपछि जिल्ल परेका थिए ।

उनीहरूले आइतबारदेखि नै सोमबार आफूहरूले मन्त्रीको शपथ खाने निर्णय भएको भन्दै त्यसका लागि तयार रहेको बताउँदै आएका थिए । सोमबार बिहानैदेखि उनीहरू प्रधानमन्त्री कार्यालयबाट मन्त्री पदको शपथ खुवाउन आउने जानकारीको प्रतीक्षामा थिए, दौरा सुरुवाल कोटसमेत तयार पारिएको थियो तर  दिउँसोसम्म पनि कुनै खबर नआएपछि उनीहरूको मनमा चिसो पसेको थियो ।

मन्त्रीको शपथका लागि तम्तयार रहेका जीवनराम श्रेष्ठले प्राविधिक कारणले शपथ रोकिएको बताए ।

‘प्राविधिक कारणले मन्त्रीको शपथ रोकिएको हो । चाँडै शपथग्रहण होला भन्ने अपेक्षा गरेका छौँ,’ श्रेष्ठले भने । मन्त्रीमा सिफारिस भएका अर्का नेता शेरबहादुर कँवरले भने शपथग्रहणको प्रतीक्षामा रहेको र अहिले किन रोकियो भन्ने कारण आफूले थाहा नपाएको बताए । राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us