बालेन साहको सपथग्रहण सोमबार मात्र

काठमाण्डु टुडे २०७९ जेठ १५ गते ७:२९ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– काठमाण्डु महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोलसहित ३२ वडाका वडा अध्यक्ष र सदस्यको भोलि सोमबार शपथग्रहण हुने भएको छ ।

कामपा प्रशासन विभागका अनुसार बिहान १० बजे काठमाण्डु महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

मेयरले शपथ ग्रहण गरेलगत्तै मेयर साहले उपमेयर डंगोललाई र त्यसपछि वडा अध्यक्षलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । कामपाका प्रमुख साह र उपप्रमुख डंगोलले बिहान ११ बजे पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ । नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us