१७ वर्षपछि बन्चरे डाँडामा फोहोर विसर्जन

काठमाण्डु टुडे २०७९ जेठ ११ गते ६:५२ मा प्रकाशित

काठमाण्डु, ११ जेठ– सरकारले बन्चरेडाँडा ल्यान्डफिल निर्माण शुरू गरेको १७ वर्षपछि मंगलबार बिहानबाट बल्लबल्ल फोहोर बिसर्जन गर्न सुरू भएको थियो ।

तर ल्यान्डफिल साइटमा फोहोर विसर्जन भएको तीन घण्टा पनि बित्न नपाउँदै प्रहरी र स्थानीयबीच हात हालाहाल भयो । ल्यान्डफिल साइट पूर्ण रूपमा तयार नभइकनै सुनियोजित रूपमा बन्चरे ल्यान्डफिलमा फोहोर विसर्जन गरेको भन्दै स्थानीयले आन्दोलन गरेपछि प्रहरी र स्थानीयबीच झगडा भएको हो ।

शहरी विकास मन्त्री रामकुमारी झाक्रीको निर्देशनपछि बिहान ५ सय सुरक्षाकर्मीको घेरामा सय ट्रक फोहोर बन्चरेडाँडामा बसालिएको थियो।

ल्यान्डफिल साइटको स्थानीय निकायका प्रतिनिधिसँग सल्लाह नगरी जबर्जस्ती फोहोर खसाल्न ल्याएकोमा आपत्ति जनाए । धुनिवेशी नगरपालिकाका नवनिर्वाचित मेयर बालकृष्ण आचार्यले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर मात्र फोहोर विसर्जन गर्नुपर्ने बताए ।  नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us