मनोज पाण्डेबाट पीडित भएको भन्दै अर्की युवती पुगिन् प्रहरीमा

काठमाण्डु टुडे २०७९ जेठ ८ गते १८:०२ मा प्रकाशित

काठमाण्डु, ८ जेठ– कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेबाट पीडित भएको भन्दै अर्की एक युवती पनि न्याय माग्दै प्रहरीमा पुगेकी छन्।

उनी आइतबार उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय पुगेकी हुन्।

सौन्दर्य प्रतियोगिताको नाममा ८ वर्ष अघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा पाण्डेलाई शनिबार मात्रै प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको थियो।

उनी पक्राउ परेपछि आइतबार एक युवती प्रहरी कार्यालयमा पुगेर आफू पनि पाण्डेबाट पीडित भएको बताएकी छन्। पाण्डेले आफूमाथि यौन शोषण गरेको उनको आरोप छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us