दोहोरिएका उम्मेदवार पराजित

काठमाण्डु टुडे २०७९ जेठ ४ गते ६:४९ मा प्रकाशित

काठमाण्डु, ४ जेठ– २०७४ सालको निर्वाचनमा दैलेखका चार पालिकामा नेपाली काँग्रेस विजयी भएको थियो ।

मंगलबारसम्म सार्वजनिक नतिजाअनुसार यसपटकको निर्वाचनमा पहिला जितेका चारमध्ये तीन पालिका काँग्रेसले गुमाएको छ । हारेका तीनवटै पालिकामा काँग्रेसले पुरानै अनुहार दोहोर्‍याएको थियो ।

 

गुराँस गाउँपालिकामा खेमराज वली, डुंगेश्वर गाउँपालिकामा नगेन्द्रबहादुर मल्ल र नौमुले गाउँपालिकामा भदे बुढालाई काँग्रेसले दोहोर्‍याएको थियो । गुराँस र डुगेश्वरमा एमाले विजयी भयो भने नौमुलेमा माओवादी केन्द्रले बाजी मार्‍यो ।

दैलेखमै नयाँ अनुहारलाई उम्मेदवार बनाएको ठाउँमा भने काँग्रेस विजयी भएको छ। दैलेखका ११ पालिकामध्ये नौ पालिकाको नतिजा सार्वजनिक भइसकेको छ ।

अघिल्लो निर्वाचनमा जितेका तीन पालिका गुमाएको काँग्रेसले नयाँ चारपालिकामा जित हात पारेको छ । महाबु, ठाँटीकाँध, भैरवी गाउँपालिका र चामुण्डा विन्द्रासैनी नगरपालिकामा काँग्रेस विजयी भएको छ । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us