बुटवल उपमहानगरमा काँग्रेसले जित्ने पक्का

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते २३:०० मा प्रकाशित

बुटवल, ३१ वैशाख– बुटवल उपमहानगरपालिकाको मेयरमा काँग्रेस उम्मेदवार काँग्रेसका खेलराज पाण्डेले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

पाण्डे १ हजार १ सय ५५ मतसहित अगाडि छन् । एमाले उम्मेदवार बाबुराम भट्टराई ७ सय ४ मतसहित पाण्डेलाई पछ्याइरहेका छन् । राप्रपाका मृगेन्द्र शेरचनले ५ सय ९ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी सावित्रा अर्यालले ६३२, एकीकृत समाजवादीका चिनबहादुर गुरुङले ५ सय ७५ र राप्रपाकी भगवती पाण्डेले ४ सय ६७ मत प्राप्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us