राप्रपाका उपाध्यक्ष उम्मेदवारलाई जम्मा १ भोट

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते ११:५९ मा प्रकाशित

मनाङ, ३१ वैशाख– मनाङको मनाङ ङिस्याङ गाउँपालिका उपाध्यक्षमा राप्रपाका उम्मेदवार ज्यामयाङ टासी गुरुङले जम्मा १ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षका स्वतन्त्र उम्मेदवार छिरिङ गुरूङ ७ सय ४४ मत ल्याएर विजयी हुँदा ज्यामयाङले एक भोट मात्र प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गाउँपालिका अध्यक्षमा भने एमालेका कान्छा घले ८ सय ६१ मतसहित निर्वाचित भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us