एउटै दलबाट एकै पदमा दुई उम्मेदवारी

काठमाण्डु टुडे २०७९ वैशाख १६ गते ६:२७ मा प्रकाशित

काठमाण्डु, १६ वैशाख– वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवार दर्ताका क्रममा अन्योल हुँदा निर्वाचन आयोगमा पत्रका चाङ आएका छन् ।

विभिन्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकामा एउटै दलका, एउटै पदमा दुई जना उम्मेदवार बन्दा, प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक ९बन्द सूची०मा रहेकाहरू उम्मेदवारी दर्ता गरेपछि अन्योल भएको भन्दै प्रश्नका पत्र आएका हुन् । उम्मेदवारीमै अन्योल हुँदा देशभरिका उम्मेदवारको सूची प्रकाशन गर्नसमेत कठिन भएको छ ।

एउटै दलबाट एउटै पदमा दुईवटा उम्मेदवारी परेका कारण पनि निर्णय सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई कठिनाइ भएपछि आयोगमै पत्र पठाएका हुन् ।

७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय राखिएका छन् । मेयर, उपमेयर, वडाध्यक्ष पदका लागि एउटै दलबाट दुईवटा उम्मेदवारी पर्दा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन समस्याको समाधान दिन नसक्दा तीन सय बढी पत्र आएको आयोगले जनाएको छ ।

कतिपय विषयमा निर्वाचन आयोगको बैठक बसेर निर्णय नै गरेर पठाएको छ भने मौखिक निर्णय दिएको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us