विस्फोटक पदार्थ निर्यातमा भारतको रोक हट्यो

काठमाण्डु टुडे २०७९ वैशाख ७ गते ७:४४ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– भारत सरकारले पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ निर्यातमा रोक लगाएको एक साता नबित्दै सो निर्णय फिर्ता लिएको छ ।

भारतको डिपार्टमेन्ट फर प्रमोसन अफ इन्डस्ट्री एण्ड इन्टरनल ट्रेडको गत अप्रिल १२ तारिखमा बसेको बैठकले पूर्वाधार क्षेत्रमा प्रयोग हुने निर्यातजन्य विस्फोटक पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो । त्यस्तो निर्णय गरेको एक साता नबित्दै भारत सरकारले सो प्रतिबन्ध फुकुवा गरेको हो ।

भारतको डिपार्टमेन्ट फर प्रमोसन अफ इन्डस्ट्री एण्ड इन्टरनल ट्रेडले सोमबार विस्फोटक पदार्थमा गरेको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो ।

सो प्रतिबन्धसँगै नेपालको पूर्वाधार निर्माणमा आवश्यक पर्ने विस्फोटक पदार्थको अभाव भई निर्माण कार्य प्रभावित हुने सम्भावना बढेको थियो  । तर भारत सरकारले फुकुवा गरेसँगै निर्माण क्षेत्र प्रभावित नहुने भएको छ । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us