सत्ता गठबन्धनबीचको चुनावी तालमेल गलत छः गगन

काठमाण्डु टुडे २०७९ वैशाख १ गते ११:१७ मा प्रकाशित

काठमाण्डु, १ वैशाख– काँग्रेस महामन्त्री गगन थापाले सत्तारुढ गठबन्धनबीचको चुनावी तालमेल हितकर नभएको बताएका छन् ।

पार्टीको निर्णय चित्त नबुझे पनि आफूले स्वीकार गरेको थापोल बताए । राजनीतिक संस्कृतिका लागि चुनावी तालमेल ठीक नभएको उनको भनाइ थियो ।

गठबन्धन काँग्रेसका लागि मात्र नभई अरु दलका लागि पनि राम्रो नहुने चेतावनी उनले दिए । ‘संसदीय व्यवस्थामा विचार मिल्ने शदलहरूबीच गठबन्धन हुनसक्छ’, नयाँ वर्षका अवसरका बिहीबार राजधानीमा अयोजित कार्यक्रममा थापाले भने, ‘गठबन्धन संस्कृतिले लोकतन्त्रको स्वास्थ्यलाई राम्रो गर्दैन ।’

थापाले स्थानीय तहमा अरु दलसँग सहमति भए मात्र गठबन्धन गर्ने केन्द्रको सर्कुलरको अपव्याख्या गरिएको जिकिर गरे । स्थानीय स्तरमा सहमति नभए तालमेलका लागि माथिबाट दबाब दिन नहुने उनको भनाइ थियो ।

माथिबाट थोपरेर गरिने तालमेलले कुनै परिणाम नदिने भएकाले दबाब अनुचित हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us