काठमाण्डु, २८ चैत– सत्तारुढ दल पाँच दलले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी मंगलबार बस्ने बैठकमार्फत टुङ्ग्याउने भएका छन् ।
आज बसेको पाँच दलीय गठबन्धनको उच्चस्तरीय बैठकले स्थानीय निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त अपिल गरेको छ ।
सोमबारको बैठकपछि सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार बेलुका ४ बजे बस्ने बैठकले मोडालिटीबारे टुङ्गो लगाउने जानकारी दिए ।