सिरहा, २४ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसको अधिकार र पहिचान स्थापित गर्न एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीले बाधा हालेको आरोप लगाएका छन् ।
बिहीबार सिरहाको मिर्चैया नगरपालिकामा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले संविधानमा पर्याप्त मात्रामा मधेसी जनताको पहिचान र अधिकार प्रत्याभूत नभएको बताए ।
‘तपाईंहरूलाई यो कुरा थाहा छ वा छैन । के कारणले त्यो प्रस्ताव कसका कारणले अगाडि बढेन ?’ प्रश्न तेर्स्याउँदै उनले भने,‘म बडो प्रष्टसँग भन्न चाहन्छु एमाले भन्ने पार्टी र केपी ओली भन्ने नेताका कारणले नै मधेसी जनताको पहिचान र अधिकारको संशोधन प्रस्ताव पारित नभएको हो ।’