काठमाण्डु, ११ चैत– चीनका विदेश मन्त्री वाङ यी भारत भ्रमणमा आएका छन् । भ्रमणका क्रममा उनले शुक्रबार सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेको समाचारमा जनाइएको छ ।
तीन दिने नेपाल भ्रमणको सिलसिलामा वाङ यी अबको केहीबेरमा विशेष विमानमा काठमाडौं आइपुग्दैछन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी काठमाडौं आउन लागेका हुन् । चिनियाँ विदेशमन्त्रीको रुपमा यो उनको तेस्रो नेपाल भ्रमण हो ।
उनले भारतीय समकक्षी एस जयशंकरसँग प्रतिनिधि मण्डलसहित हैदरावाद हाउसमा भेटवार्ता गरेका छन्। यसअघि उनले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग उनकै कार्यालय साउद ब्लकमा भेटवार्ता गरेको अधिकारीहरूले जनाएका छन् ।