काठमाण्डु, २ चैत– नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले पद तथा गोपनीयताको शपथ लिएकी छन् । बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालले सिंहलाई “बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५” अनुसार शपथ ग्रहण गराएका हुन् ।
कम्पनीको गत फागुन २९ गते भएको ३३ औँ वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालक समितिको पुनर्गठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट पुनर्निर्वाचित भएकी थिइन् ।