काठमाण्डु, २० फागुन– नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी छ। राष्ट्रिय सभागृहमा जारी बैठकमा महाधिवेशनपछि गठन हुन नसकेको पदाधिकारीको चयन, स्थायी समिति निर्माण, पोलिटब्यूरो कमिटी निर्माण लगायतका विषयमा छलफल हुनेछ।
यस्तै, आसन्न स्थानीय तहको निर्वाचनको तयारीका विषयलाई पनि केन्द्रीय समितिको बैठकको अजेण्डाका रुपमा राखिएको छ। बैठकमा एमसीसीको विषयलाई लिएर पार्टीभित्र देखिएको विवादका विषयमा पनि छलफल केन्द्रित हुने बताइएको छ।