खुल्यो इमर्जिङ नेपालको आईपीओ

काठमाण्डु टुडे २०७८ माघ २६ गते ११:३८ मा प्रकाशित

काठमाण्डु, २६ माघ–  इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा ५ करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६ सय कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो ।सर्वसाधारणले फागुन १ गतेसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीको हाल जारी पुँजी ५५ करोड ५६ लाख रूपैयाँ बराबरको तथा चुक्ता पुँजी ५० करोड ४० लाख रूपैयाँ छ । सेयर बाँडफाँटपश्चात चुक्ता पुँजी ५५ करोड ५६ लाख रूपैयाँ पुग्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us