प्रतितोला चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ माघ १२ गते ११:२३ मा प्रकाशित

काठमाण्डु, १२ माघ– बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार पनि सुनको मूल्य पाँच सय रुपैयाँले बढको थियो । महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us