मंगलबार सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु टुडे २०७८ माघ ४ गते ११:५९ मा प्रकाशित

काठमाण्डु, ४ माघ– आज (मंगलबार) नेपाली बजारमा सुन प्रतितोलामा एक सयले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केही दिन यता एक दुई सयले घटबढ भइरहेको सुनको मूल्य आज फेरि एक सय रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजाबी सुनको मूल्य समेत आज एक सय रुपैयाँले नै बढेर ९२ हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us