प्रदेश २ को नाम मधेश कायम,प्रस्तावको पक्षमा दुई तिहाइ

काठमाण्डु टुडे २०७८ माघ ३ गते १७:४१ मा प्रकाशित

काठमाण्डु, ३ माघ–  प्रदेश २ सभाले मधेश प्रदेश प्रस्ताव पारित गरेको छ । अहिले बसेको प्रदेशसभाको दुई तिहाइबाट मधेश प्रदेश प्रस्ताव पारित भएको हो ।

प्रदेशको नामकरणका सन्दर्भमा सोमबार प्रदेशसभा बैठकमा ‘मधेस’ नामबारे मतदान हुँदा दुई तिहाईभन्दा बढी मतले प्रदेशको नाम ‘मधेस’ स्वीकृत भएको हो । मधेस प्रदेशको पक्षमा मतदान हुँदा ९९ सांसद उपस्थित भएकोमा प्रस्तावको पक्षमा ८० मतमात्र परेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us