आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु टुडे २०७८ माघ ३ गते ११:०९ मा प्रकाशित

काठमाण्डु, ३ माघ– आज (सोमबार) सुनको मूल्यमा एक सय रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्दै ९२ हजार ५०० रुपैयाँ कायम भएको हो ।

आइतबार सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै बढ्दै ९२ हजार रुपैयाँ कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा पाँच रुपैयाँले मात्र वृद्धि हुँदै एक हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us