एमाले कालीकोट अध्यक्षमा पाण्डे

काठमाण्डु टुडे २०७८ पुष ३० गते १६:२९ मा प्रकाशित

सुर्खेत, ३० पुस– एमाले कालीकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई ३६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।

नवौं जिल्ला अधिवेशनकाे शुक्रबार अन्तिम मतगणनामा पाण्डेले ३३३ मत पाएका थिए भने शाहीले २९७ मत पाएका थिए ।उपाध्यक्षमा दयाराम सिंम्खडा ३८० मत ल्याएर विजयी भएका छन् भने सचिवमा टेकबहादुर बुढाले ३४४ मत ल्याएर विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी पार्वती सिंहले ३३२ मत ल्याइकी थिइन् ।

सहचिवमा व्यासी तिरुवा ३९० मत र मनराज शाही २६९ मत ल्याएर विजयी भएको एमाले जिल्ला निर्वाचन अधिकृत तुलाराम पाण्डेले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us