आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुट्यो आयोग

काठमाण्डु टुडे २०७८ पुष ७ गते १७:२१ मा प्रकाशित

काठमाण्डु, ७ पुष–  सरकारले स्थानीय तहको निर्वाचनको मिति नतोके पनि निर्वाचन आयोग भने तयारीमा जुटेको छ । आगामी वैशाखमा स्थानीय तहका राजनीतिक पदाधिकारीको पदावधि सकिने भएपछि आयोगले वैशाखमा निर्वाचन गर्ने तयारी गरेको हो ।

आयोगका प्रमुख आयुक्त दिनेश थपिलयाले बुधबार धुलिखेलमा आयोजित ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’ मा सरकारले मिति नतोके पनि आयोग आफ्नो तयारीमा जुटेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us