
काठमाण्डु, १ पुष– काँग्रेस महामन्त्रीमा पराजित बनेका नेता प्रदीप पौडेलले विजयी भएका नेताहरु गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
‘मेरो राजनीतिक उन्नतीमा उहाँहरुको सहयोग छ । उहाँहरु निर्वाचित हुँदा म खुशी छ’, अन्तिम नतिजा आएपछि पार्टी कार्यालय सानेपाबाट बाहिरिने क्रममा उनले भने, ‘ चुनावमा जितिन्छ भनेर नै प्रतिस्पर्धामा जाने हो । चुनावी प्रक्रियामा उहाँहरुले विजय हासिल गर्नुभयो बधाई छ ।’
‘काँग्रेसमा पुस्तान्तरण भएको छ, अब वैचारिक रुपान्तरण पनि गर्नुपर्छ । उहाँहरुलाई मेरो साथ सहयोग रहन्छ’, पौडेलले भने ।